घुस खाने अख्तियारकै प्रहरी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा कार्यरत प्रहरी सहायक असई जन्म अधिकारीलाई आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं । मुद्दा मिलाइ दिने भन्दै सेवा ग्राहीसँग घुस खाने अख्तियारमै कार्यरत प्रहरी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा कार्यरत प्रहरी सहायक असई जन्म अधिकारीलाई आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

अधिकारीले ४ लाख घुस खाएको प्रमाण भेटेपछि पक्राउ गरेको अख्तियार स्रोतले जानकारी दियो ।

पक्राउ परेका अधिकारीलाई आवश्यक कारबाहीका लागि आइतबार केन्द्रीय कार्यालयमा ल्याइएको छ ।