बालिकालाई ठक्कर दिएपछि स्थानीयले ७ ओटा ट्रिपरमा आगो लगाए

सोमबार बिहान विराटचोकबाट हरैंचातर्फ आउँदै गरेकोे ना ३ ख ३३५५ नम्बरको ट्रिपरले बाटो काट्दै गरेकी सुन्दरहरैंचा–९ की ११ वर्षीया बालिका लक्ष्मी ढकाललाई ठक्कर दिएको थियो । ढकालको घटनास्थलमै मृत्यु भएको थियो ।

काठमाडौं । मोरङमा बाटो काट्दै गरेकी बालिकालाई ट्रिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

सोमबार बिहान विराटचोकबाट हरैंचातर्फ आउँदै गरेकोे ना ३ ख ३३५५ नम्बरको ट्रिपरले बाटो काट्दै गरेकी सुन्दरहरैंचा–९ की ११ वर्षीया बालिका लक्ष्मी ढकाललाई ठक्कर दिएको थियो । ढकालको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि आक्रोशित स्थानीयले ६ ओटा ट्रिपरमा आगजानी गरेका छन् । सडकमा गुड्दै गरेका ट्रिपरमाथि आगजानी गरेपछि सो क्षेत्र तनावग्रस्त भएको छ । अहिले साे क्षेत्रलाई निषेधितक्षेत्र घाेषणा गरिएकाे छ।

सस्थानीयको आन्दोलनबाट धेरै क्षति भएको र घटनाको विवरण आउन बाँकी रहेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले बताए ।