पोलिमर नोट प्रकरणका मुख्य आरोपी हिमालयबहादुर अदालतमा हाजिर

यसअघि नेपाल राष्ट्र बैङ्कका तत्कालीन गभर्नर तिलक रावल १० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

काठमाडौं । पोलिमर नोट प्रकरणका मुख्य आरोपी हिमालयबहादुर पाँडे अदालतमा हाजिर भएका छन् । सोमबार विशेष अदालतमा हाजिर भएका पाँडेको सुनुवाइ भइरहेको छ ।

विषेशका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मीलगायतको इजलासमा पाँडेको थुनछेक बहस सुरु भएको छ ।

सोही प्रकरणमा यसअघि नेपाल राष्ट्र बैङ्कका तत्कालीन गभर्नर तिलक रावल १० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पुस २०७५ मा रावलसहित उपेन्द्रकेशरी पौड्याल र स्थानीय एजेन्ट हिमालयबहादुर पाँडेविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जनही ९१ लाख रुपैयाँ बिगो मागदाबीसहित आयोगले मुद्दा दर्ता गरेको हो ।