डाक्टरहरुलाई त्रिविले भन्यो— टिचिङ परिसरमा अनशन नबस्नुस्

सोमबार शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले एक अपिल जारी गर्दै डाक्टरहरुलाई अस्पतालभित्र बन्दहडताल नगर्न र तथा अनशन नबस्न आग्रह गरेका हुन् ।

शिक्षण अस्पताल महाराजगन्जले डाक्टरहरुलाई अस्पतालमा अनशन तथा बन्दहडताल नगर्न अपिल गरेको छ ।

सोमबार शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले एक अपिल जारी गर्दै डाक्टरहरुलाई अस्पतालभित्र बन्दहडताल नगर्न र तथा अनशन नबस्न आग्रह गरेका हुन् ।

२० दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा डाक्टरहरुले सामूहिक अनसन सुरु गरेपछि त्यसो नगर्न भन्दै शिक्षण अस्पतालले अपिल जारी गरेको हो ।

सर्वसाधारणको सेवालाई ध्यानमा राख्दै अस्पतालभित्र बन्द हडताल तथा अनशन जस्ता कार्य नगर्न त्रिविले आग्रह गरेको हो ।