२८०७ जना सुरक्षाकर्मी सहिद घोषणा

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर विभिन्न मितिमा कर्तव्य निर्वाहका सिलसिलामा ज्यान गुमाएकालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

काठमाडौं । सरकारले दुई हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर विभिन्न मितिमा कर्तव्य निर्वाहका सिलसिलामा ज्यान गुमाएकालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

सहिद हुनेमा नेपाल प्रहरीका ४ हजार ४ सय ४८ जना नेपाल प्रहरी छन् । त्यसैगरी नेपाली सेनाका एक हजार १८ जना, सशस्त्र प्रहरीका ३ सय १८ जना र राष्ट्रिय अनुसन्धानका २३ जना छन् ।