अव्यवस्थित तार हटाउने अभियान सुरू, त्रिपुरेश्वरदेखि महाराजगन्ज क्षेत्रका तार हटाइँदै

- क्यापिटल नेपाल

१५ माघ २०७५, मंगलवार १२:४९
अव्यवस्थित तार हटाउने अभियान सुरू, त्रिपुरेश्वरदेखि महाराजगन्ज क्षेत्रका तार हटाइँदै

पहिलाे चरणमा त्रिपुरेश्वरदेखि महाराजगन्ज खण्डमा तार हटाउने अभियान थालिएकाे महानगरपालिकाका निर्देशक हरिबहादुर कुवँरले बताए ।

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले अव्यवस्थित तार व्यवस्थान अभियान सुरू गरेकाे छ । लथालिङ र अव्यवस्थित तारका कारण सहर कुरूप बन्दै गएकाे भन्दै महानगरले  पहिलाे चरणमा त्रिपुरेश्वरदेखि महाराजगन्ज खण्डमा तार हटाउने अभियान थालिएकाे महानगरपालिकाका निर्देशक हरिबहादुर कुवँरले बताए ।

नेपाल दूरसञ्चार प्रधिकरण, विद्युत् प्रधिकरण, काठमाडौं महानगरपालिका र इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन नेपालको समन्वयमा तार व्यवस्थापन अभियान सुरु भएको हो ।

अभियानलाई तीव्र रुपमा अघि बढाउन चारओटै निकायको दाबी छ ।  सेवाप्रदायकले नयाँ तार थपे पनि पुराना तार नहटाउँदा आकस्मिक दुर्घटना र जोखिम निम्तिएकाले अव्यवस्थित तार हटाउने अभियान अघि बढाइएको कुवरको भनाइ छ ।

लामो समयसम्म विद्युत् प्राधिकरण, नेपाल टेलिकम तथा अन्य निकायहरुलाई तार हटाउन भने पनि अटेरी गरेपछि महानगर स्वयंमले तार हटाउन लागेकाे कुँवरले बताए ।

तार व्यवस्थापनका लागि महानगरले इन्टरनेट सेवाप्रदायकहरुको संस्था (आइस्पान) नेपाललाई जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्