नेपाल विद्यार्थी सङ्घका ३० जना पक्राउ

जबरजस्ती चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेको र नेपाली काङ्ग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पतालको खारेजी गर्ने सरकारको निर्णयको विरोध गर्दै नेविसङ्घले मङ्गलबार सिठी जुलुस निकालेको थियो ।

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सिठी जुलुस गर्ने नेपाल विद्यार्थी सङ्घका ३० जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेको र नेपाली काङ्ग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पतालको खारेजी गर्ने सरकारको निर्णयको विरोध गर्दै नेविसङ्घले मङ्गलबार सिठी जुलुस निकालेको थियो ।

जुलुसमा सहभागी नेविसङ्घका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा, केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापासहितका ३० जनाभन्दा बढी विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेटअघि विरोध प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरी नेपाल पुलिस क्लबमा राखेको छ ।