४० किलो गाँजासहित ३ जना भारतीय नागरिक पक्राउ

प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरी टोलीले मङ्गलबार दिउसो उक्त गाँजासहित ३ भारतीयलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौं । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ बसामाडी लोकमार्गबाट ४० किलो गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरी टोलीले मङ्गलबार दिउसो उक्त गाँजासहित ३ भारतीयलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी ग्राम सुरहा ५ का २१ वर्षीय महमद एकरामोदिन, २३ वर्षीय जावेद आलम र सोही ठाँउकी २१ वर्षिया शान्ति देवी नुनियाँ छन् ।

उनीहरुले कारको सिटमुनी फल्स बटम बनाएर गाँजा लैजाँदै गरेका बेला पक्राउ परेका हुन् । पक्राउ परेका तीनै भारतीयलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ ।