काठमाडौं लुटेराको समूहले मंगलबार जोरपाटीमा रहेको एक सहकारी संस्थामा लुट्ने प्रयास गरेका छन् । मंगलबार सवा ९ बजेतिर एग्रिमोर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा २ जना लुटेर खुकरी देखाएर लुटने प्रयास गरेको सञ्चालक सुमन बरालले जानकारी दिए ।
ढोका छेउमा लुकेर बसेका लुटेराले सहकारीका प्रवन्धक रामप्रसाद तिवारी कार्यलय भित्र प्रवेश गर्ने बित्तिकै खुकुरी देखाएर लुट्न् प्रयास गरेका थिए । प्रहरीले लुटेराको खोजी गरिरहेको छ ।