भरतपुर महानगरपालिका १५ मा निर्माण हुने सो रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले २० बिगहा ६ कठ्ठा क्षेत्रफल जग्गा उपलब्ध गराउने भएको हो ।
काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने भएको छ । क्रिकेट रङ्गशालाको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्ने भएका हुन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि भरतपुर महानगरपालिका र फाउन्डेसनबीच निर्माण सम्झौतासमेत हुने भएको छ । भरतपुर महानगरपालिका १५ मा निर्माण हुने सो रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले २० बिगहा ६ कठ्ठा क्षेत्रफल जग्गा उपलब्ध गराउने भएको हो ।
‘समृद्धि सम्भव छ हाम्रै पाला, बनाऔं मिली अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ भन्ने नाराका साथ निर्माण गर्न लागिएको फाउन्डेसनको भनाइ छ ।