भारतको बिहारमा नेपाल – भारत सुरक्षा अधिकारीको भेला

सिमावर्ती जिल्लामा हुने भारतविरोधी गतिविधिको सूचना प्रदान गरिदिन भारतीय सुरक्षा अधिकारीले नेपाली सुुरक्षा अधिकारीलाई आग्रह गरेको छलफलमा सहभागी नेपाल प्रहरीका एक अधिकारीले बताए ।

काठमाडौं । सन् २०१९ मा भारतमा हुन लागेको लोकसभा निर्वाचनको सुरक्षा सहकार्यका लागि भारतले नेपालसँग छलफल गरेको छ ।

भारतीय सुरक्षा अधिकारीले बिहार राज्यको मोतिहारीमा मङ्गलबार भारतसँग सीमा जोडिएका जिल्लाका प्रहरी अधिकारीलाई बोलाएर छलफल गरेको हो ।

सिमावर्ती जिल्लामा हुने भारतविरोधी गतिविधिको सूचना प्रदान गरिदिन भारतीय सुरक्षा अधिकारीले नेपाली सुुरक्षा अधिकारीलाई आग्रह गरेको छलफलमा सहभागी नेपाल प्रहरीका एक अधिकारीले बताए ।

लोकसभा निर्वाचन बिथोल्न अहिलेदेखि विभिन्न समूह सक्रिय हुनसक्ने भन्दै त्यस्ता खाले गतिविधि हुन नदिन आग्रह गरेको ती अधिकारीले बताए । छलफलमा नेपालबाट रौतहट, बारा, पर्सा, चितवन र नवलपरासीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र अनुसन्धान विभागका अधिकारी सहभागी थिए ।

त्यसैगरी भारतीय पक्षका बिहार प्रदेशको पूर्वी र पश्चिम चम्पारणका डिस्ट्रिक्ट मजिस्ट्रेट र पुलिस सुपरिटेन्डेन्टको सहभागिता थियो । छलफलमा नेपाली पक्षका अधिकारीले खुला सिमानामा हुने आपराधिक गतिविधि नियन्त्रणमा भारतीय पक्षलाई पनि सहभागी गर्न आग्रह गरेका थिए ।