सम्पर्कविहीन भएका वनअधिकृत मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजतलास गर्दासमेत फेला नपरेपछि ३० दिने सूचना प्रकाशन गर्दै आयोगमा हाजिर हुन भनेको छ ।
काठमाडौं । जिल्ला वन कार्यालय रसुवाका एक वनअधिकृतले नै रक्तचन्दनको अवैध बारोबार गर्दै आएको तथ्य फेला परेको छ ।
एक चिनियाँ व्यापारीलाई रक्तचन्दन बिक्री गर्दै आएको र पछि आएर त्यस्तो कुरा बाहिर आएपछि जिल्ला वन कार्यालय रसुवाका वनअधिकृत विष्णुकान्त मिश्र सम्पर्क विहीन भएका छन् ।
वनअधिकृत मिश्रका बारेमा अख्तियारमा उजुरी परेपछि उनी सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन भएका वनअधिकृत मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजतलास गर्दासमेत फेला नपरेपछि ३० दिने सूचना प्रकाशन गर्दै आयोगमा हाजिर हुन भनेको छ ।
अधिकृत मिश्रले चाइनिज नागरिक चिहि लुलाई रक्तचन्द दिने भन्दै ६० लाख रुपैयाँ बैनारकम लिएको बुझिएको अनुसन्धानबाट खुलेको छ ।
लुले ६० लाख रुपैयाँ छोरा नविनकुमार मिश्रको बैङ्क खातामा हालिदिएको उजुरी अख्तियारमा परेपछि छानबिन सुरु भएको थियो ।
वनअधिकृत मिश्रले ती चिनियाँ व्यापारीलाई यसअघि पनि रक्तचन्दन बिक्री गरेको भन्दै वनकै कर्मचारीले उजुरी गरेका हुन् ।