महानगरीय अपराध महाशाखाले १०० मा फोन गरी गालीगलौज गर्ने सिन्धुली कमलामाई नगरपालिका ६ का ३५ वर्षीय राजु लामा र धनकुटा हिलेकी २२ वर्षीया सरिता बस्नेतलाई पक्राउ हो ।
काठमाडौं । प्रहरी (कन्ट्रोल) १०० मा फोन गरी प्रहरीलाई गाली गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले १०० मा फोन गरी गालीगलौज गर्ने सिन्धुली कमलामाई नगरपालिका ६ का ३५ वर्षीय राजु लामा र धनकुटा हिलेकी २२ वर्षीया सरिता बस्नेतलाई पक्राउ हो ।
उनीहरुले प्रहरीलाई फोन गरी तथानाम गाली गरेका कारण नियन्त्रणमा लिएर अनुसन्धान थालेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ परेका २ जनाले प्रहरीलाई फोन गरी पटक पटक गलत सूचना दिने, गाली गर्ने गरेका थिए ।
‘प्रहरी कन्ट्रोलको दुरुपयोग गरी विभिन्न हरकत गरेपछि हामीले नियन्त्रणमा लिएका छौं, बाँकी अनुसन्धान हुँदैछ,’ एसपी उप्रेतीले भने ।