कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रहरी मुख्यालयले धादिङ, धनुषा र सिन्धुलीका प्रहरीप्रमुखलाई तानेको हो ।
काठमाडौं । प्रहरी प्रधानकार्यालयले तीन जिल्लाका जिल्लाप्रमुख एसपीलाई तानेको छ । कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रहरी मुख्यालयले धादिङ, धनुषा र सिन्धुलीका प्रहरीप्रमुखलाई तानेको हो ।
नदीजन्य पदार्थको तस्करीको विवादमा जोडिएका धादिङका एसपी डम्बरबहादुर विकलाई तानेर उनको ठाउँमा एसपी राजकुमार वैदवारलाई पठाइएको छ । गाँजा तस्करसँग मिलेमतोको आरोप लागेका सिन्धुलीका विवादास्पद एसपी रामेश्वर यादवलाई प्रहरी प्रधान कार्यालयको जगेडा पुलमा तानेर उनको ठाउँमा लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत एसपी चक्रबहादुर सिंहलाई पठाइएको छ ।
यसैगरी धनुषाबाट तानिएका एसपी थपलियालाई महानगरीय प्रहरी परिसर ललितपुर र धादिङबाट तानिएका एसपी विकलाई महानगरीय प्रहरी शिक्षालय पठाइएको छ ।