सरकारले विद्युत् उपलब्ध गराउन नसकेकै कारण सेजभित्र उद्योग स्थापना हुन सकेको छैनन् । सब स्टेसन निर्माण नहुँदा उद्योग खोल्न सम्झौता गरेका कम्पनीले विद्युत् नभएको भन्दै काम नै गरेका छैनन् । हाल १९ कम्पनीले सेजभित्र उद्योग खोल्न सम्झौता गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)का लागि तत्काल विद्युत उपलब्ध गराउन प्राधिकरण तयार रहेको बताएका छन । सोमबार उद्योगमन्त्री सनिलबहादुर थापाको संयोजकत्वमा बसेको ऊर्जा मन्त्रालय, वन मन्त्रालय, सेज र राष्ट्रिय योजनासँगको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् । ‘हामी भोलिदेखि नै भैरहवा सेजलाई बिजुली उपलब्ध गराउन तयार छौं,’ उनले भने ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणले भैरहवा सेजको सबस्टेसन बनाउन प्राधिकरणसँगै सहयोग माग्दै आइतबार पत्र काटेको थियो । आइतबारै प्राधिकरणले चैतभित्र भैरहवा सेजसम्म लाइन विस्तार गरिसक्ने बताएपछि सेजभित्र सब स्टेसन बनाउन आग्रह गर्दै प्राधिकरणलाई पत्र काटेको हो ।
प्राधिकरणसँगको प्राविधिक सहयोग एवम् सुझावका आधारमा सब स्टेसन निर्माणको काम अगाडि बढाउने सेजका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए । ‘विद्युत प्राधिकरणसँग सल्लाहमा सेजमा सब स्टेसन निर्माण अगाडि बढ्छ,’ उनले भने, ‘भोलिबाटै आवश्यक विद्युत माग आपूर्ति गर्न प्राधिकरण तयार छ ।’ सेजभित्र निर्माण हुनुपर्ने ३३/११ केभीए सब स्टेसन अहिलेसम्म बनेको छैन ।
सरकारले विद्युत् उपलब्ध गराउन नसकेकै कारण सेजभित्र उद्योग स्थापना हुन सकेको छैन । सब स्टेसन निर्माण नहुँदा उद्योग खोल्न सम्झौता गरेका कम्पनीले विद्युत् नभएको भन्दै काम नै गरेका छैनन् । हाल १९ कम्पनीले सेजभित्र उद्योग खोल्न सम्झौता गरेका छन् ।
प्राधिकरणले सेजसम्म प्रसारण लाइन पु¥याएपश्चात् कम्तीमा ९ महिनाभित्र सब स्टेसन निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको सेजका कार्यकारी निर्देशक भट्टले बताए । विगत लामो समयदेखि प्राधिकरण र सेजबीच विद्युत् प्रशारण लाइन बनाउने विषयमा विवाद चल्दै आएको छ । प्राधिकरणले गत पुसमै विद्युत् लाइन बनाइसक्ने बताए पनि भनेअनुसार काम नगरेकाले सेज सञ्चालनमा आउन सकेको छैन ।
एकातिर उद्योगीलाई सेजभित्र आवश्यक ठाउँ उपलब्ध गराउने काम अघि बढे पनि विद्युत् अभावकै कारण उद्योगीले पूर्वाधार बनाउने काम अघि बढाएका छैनन् ।