निलम्बनमा परेका न्यायाधीशको छानबिन गर्न सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा ३ सदस्यीय छानबिन समितिसमेत गठन गरिएको छ ।
काठमाडौं । सर्वोच्च अदालले भीएलएन मुद्दामा त्रुटिपूर्ण निर्णय गरेको आशङ्कामा जिल्ला अदालत ललितपुरका जिल्लान्यायाधीश विश्वमङ्गल आत्रेयलाई निलम्बन गरेको छ ।
निलम्बनमा परेका न्यायाधीशको छानबिन गर्न सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा ३ सदस्यीय छानबिन समितिसमेत गठन गरिएको छ ।
ललितपुर जिल्ला अदालत अनुगमनका क्रममा भीएलएनको नाममा अवैध रकम उठाएर ५ अर्ब रूपैयाँ ठगेको आरोप लागेका राम श्रेष्ठको मुद्दामा आत्रेयले कमजोरीपूर्ण निर्णय गरेको भेटिएपछि उनलाई सर्वोच्चमा तानिएको छ ।
त्यसैगरी तनहुँका जिल्लान्यायाधीश ओमकार उपाध्याय पनि निलम्बनमा परेका छन् । आर्थिक चलखेलमा मुद्दाको फैसला गरेको भन्ने उजुरीपछि उनलाई सर्वोच्चमा तानिएको थियो ।