व्यापार तथा निकासी केन्द्रको तथ्याङकले पनि घिमिरेको भनाइलाई पुष्टि गरेको छ । केन्द्रको तथ्याङ्कमा पनि औषधि आयात घट्दोक्रममा रहेको देखिन्छ । आर्थिक बर्ष २०७२÷०७३ मा २६ अर्व ५२ करोड ६० लाख औषधि आयात भएको थियो । गत आर्थिक बर्ष २०७३÷०७४ मा ८ दशमलव ८ प्रतिशतले घटेर २४ अर्व १८ करोडको औषधि आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा केही वर्षदेखि औषधि आयातदर घट्दो क्रममा छ । स्वदेशी औषधि उद्योगले आफ्नो क्षमता बढ्नु र लगानी थपेका कारण उत्पादन बढेपछि औषधि आयातमा कमी आएको नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष शङ्कर घिमिरेले क्यापिटल नेपाललाई जानकारी दिए ।
उनका अनुसार तीन वर्षको अवधिमा नेपाली औषधि उद्योगमा तीन देखि चार अर्ब रुपैयाँ लगानी समेत थपिएको छ । हाल औषधि उद्योगमा ३२ अर्ब रुपैयाँ लगानी पुगेको छ ।
व्यापार तथा निकासी केन्द्रको तथ्याङकले पनि घिमिरेको भनाइलाई पुष्टि गरेको छ । केन्द्रको तथ्याङ्कमा पनि औषधि आयात घट्दोक्रममा रहेको देखिन्छ । आर्थिक बर्ष २०७२÷०७३ मा २६ अर्व ५२ करोड ६० लाख औषधि आयात भएको थियो । गत आर्थिक बर्ष २०७३÷०७४ मा ८ दशमलव ८ प्रतिशतले घटेर २४ अर्व १८ करोडको औषधि आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
स्वदेशी औषधि गुणस्तरीय हुनुका साथै सस्तो भएका कारणले पनि विदेशबाट औषधि आउन कम भएकोे अध्यक्ष घिमिरेले जानकारी दिए । उनका अनुसार सरकारले औषधिको गुणस्तर सम्वन्धि कानुन नआएकाले पनि केही समस्या भएको छ । नेपाली औषधिको उत्पादन बढ्दा पनि स्वदेशी उत्पादनले ४५ प्रतिशत मात्रै बजार हिस्सा ओगटेको छ ।
देशभित्रै औषधि उत्पादनका क्षेत्रमा लगानी हुनु र उत्पादन क्षमता बढ्नु सकारात्मक रहेको नेपाल उद्योग परिसङ्घ (सीएनआई)का अध्यक्ष तथा देउराली जनता फर्मास्युटिकल्स प्रालिका प्रवन्ध निर्देशक हरिभक्त शर्माले बताए । ‘उत्पादन क्षमता र लगानी बढ्नु सकारात्मक पक्ष हो । जस्ले देश आत्मनिर्भर र समुन्नत बन्छ’ शर्माले भने ।
देशमा औषधि उत्पादनमूलक उद्योगहरु बढ्दै जाँदा कुल ग्रार्हस्थ्य उत्पादनमा बृद्धि हुनुका साथै राजस्व बढ्छ । हाल नेपालमा ४५ भन्दा बढी औषधि उद्योग छन् ।
अहिले औषधि उद्योगले १५ हजार दक्ष र अप्रत्यक्ष गरी झन्डै ३ लाख बढिलाई रोजगारी प्रदान गरेको छ । लगानीमैत्री बातावरण निर्माण गर्नका लागि पनि उत्पादन बढाउनुपर्ने आवश्यक रहेकोे व्यवसायीहरु बताउँछन । औषधीको गुणस्तर र मापदण्ड तोकेमा मात्र औषधि उत्पादनका क्षेत्रमा विदेशी लगानी भित्र्याउने सकिने उनीहरुको भनाइ छ । पछिल्लो समयमा बङ्गलादेशमा औषधि तथा गुणस्तर सम्बन्धी नीति राम्रो भएकै कारण विदेशी लगानी भित्रिएको छ ।