जोरपाटीबाट नौ जुवाडे पक्राउ

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा वाङ्गेल लामाले सञ्चालन गरेको खाजा घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । 

साँखु । काठमाडौँको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले बुधबार राति जोरपाटीको एक खाजा घरबाट ८० हजार नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा वाङ्गेल लामाले सञ्चालन गरेको खाजा घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

पक्राउ पर्नेमा काठमाडौँमा बस्दै आएका काभ्रेपलाञ्चोकका २३ वर्षीय अनिल तामाङ, उदयपुरका २२ वर्षीय मानबहादुर खत्री, रामेछापका ३६ वर्षीय सुकलाल तामाङलगायत रहेको उनले बताए ।

उनीहरुमाथि थप अनुसन्धान पछि कानूनबमोजिम मुद्दा चलाउने बताइएको छ । रासस