फेरि अर्का कर्मचारी घुससहित पक्राउ

आयोगले बिहीबार कार्यकक्षबाटै नायबसुब्बा चालिसेलाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले बताए । उनका अनुसार सवारी ज्यान मुद्दा सहज गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको सूचना पाएपछि अख्तियारको अनुसन्धान टोलीले उनको निगरानी गरिरहेको थियो ।

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालतका नायबसुब्बा भोलानाथ चालिसेलाई ५ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको छ ।

आयोगले बिहीबार कार्यकक्षबाटै नायबसुब्बा चालिसेलाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले बताए । उनका अनुसार सवारी ज्यान मुद्दा सहज गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको सूचना पाएपछि अख्तियारको अनुसन्धान टोलीले उनको निगरानी गरिरहेको थियो ।

‘पक्राउ परेका चालिसेले अदालतमा परेको मुद्दालाई सहज बनाइदिने भन्दै सेवा ग्राहीसँग घुस लिएका रहेछन्, हामीले नियन्त्रणमा लिएका छौं, अनुसन्धान हुँदैछ,’ प्रवक्ता दङ्गालले क्यापिटल नेपालसँग भने ।

यस अघि खरिदार तहका तामेलदार सूर्यप्रकाश परियार ३५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।