सहमती नभएपछि सिमेन्ट उत्पादक संघले छान्न सकेन नयाँ नेतृत्व

काठमाडौं । सिमेन्ट उत्पादक संघ बिहिबार भएको अधिवेशनले नयाँ नेतृत्व चयन नगरी स्थगित भएको छ ।नयाँ नेतृत्वका लागि  तारा पोखरेलले दाबी गरेपछि सहमति हुन सकेन ।

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारकालाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास भएपछि पाेखरेलले दाबी गरेकाले बिहीबार  कुनै निर्णय हुन नसकेकाे हाे ।  सर्वसम्मतीको प्रयास भएको नेतृत्वमा दुई समुह भएपछि शुक्रबारसम्मका लागि स्थगित भएको हो ।