एनआरएनएद्वारा १० अर्बकाे पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

३५ देशका आठ सय ३५ लगानीकर्ताको सहभागीमा स्थापना भएको ‘एनआरएन ईन्भेष्टमेन्ट कम्पनी’ ले निजी क्षेत्रको साझेदारीमा लमजुङको दोर्दी खोलामा २७ मेघावाटको जलविधुत परियोजनाको निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको स्मरण गराउँदै उक्त नमूना कम्पनीको अनुभवबाट अहिले स्थापना हुन लागेको नयाँ कम्पनीलाई अझ सशक्त रुपमा अगाडी बढाउने जनाएको छ ।

गैर आवासीय नेपाली संघ(एनआरएनए)ले मुलुकको भौतिक पुर्वाधार विकासका क्षेत्रमा लगानी गर्नको लागि १० अर्व नेपाली रुपैंयाको ‘गैरआवासीय नेपाली पुर्वाधार विकास कोष’ घोषणा गरेको छ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले बेलायतमा आयोजना गरेको एक कार्यक्रमम उक्त कोषको घोषणा गरेको हो ।
एनआरएनएले कोषमा आफ्नो क्षमता अनुसार लगानी गर्नको लागि सबै गैर आवासीय नेपालीलाई आह्वान गरेको छ ।

३५ देशका आठ सय ३५ लगानीकर्ताको सहभागीमा स्थापना भएको ‘एनआरएन ईन्भेष्टमेन्ट कम्पनी’ ले निजी क्षेत्रको साझेदारीमा लमजुङको दोर्दी खोलामा २७ मेघावाटको जलविधुत परियोजनाको निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको स्मरण गराउँदै उक्त नमूना कम्पनीको अनुभवबाट अहिले स्थापना हुन लागेको नयाँ कम्पनीलाई अझ सशक्त रुपमा अगाडी बढाउने जनाएको छ ।

कोषमा निश्चित अशं वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई सुनिश्चित गर्ने जनााएको छ । ‘कोषको व्यापकताको लागि नेपालको निजी क्षेत्र र सरकारको लगानी होस भन्ने हाम्रो अपेक्षा छ,’ एनआरएनए अभियान्ता हेमराज शर्माले बेलायतबाट सामाजिक सञ्जालमा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । कोषमा नेपाल सरकारको सहभागिताले लगानीसंग सम्बन्धित निती नियम र कानूनी प्रकृयामा सहज हुने र निजि क्षेत्र संलग्न हुँदा योजना चयन र कार्वान्बयन गर्न सहज हुने अपेक्षा गरेको छ । सरकारी लगानी रहेका संचय कोष, बिमा संस्थान, नागरिक लगानी कोष, बिद्युत विकास कोष लगायतबाट यस कोषमा लगानी अनुरोध गरेको छ ।

मुलुकको आर्थिक, सामाजिक तथा सास्कृतिक विकासमा टेवा पुराउने उद्देश्यले ‘नेपालीका लागि नेपाली’ भन्ने भावनाका कोष स्थापना गरेको जनाएको छ ।
कोष घोषणा कार्यक्रमको नेपाल राष्ट्रबैकका गभर्नर डा.चिरञ्जिवी नेपाल , बेलायतका लागि नेपाली राजदुत दुर्गा बहादुर सुबेदी , नेपाल उघोग बाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आईएमईका अध्यक्ष चन्द्र ढकाल लगायतले प्रशंसा गरेका थिए ।

एनआरएनका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, पूर्व अध्यक्ष जीबा लामिछाने लगायत कोष स्थापनाले मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताएका थिए । कार्यक्रममा बेलायत, बेल्जियम, नेदरल्याण्ड, आयरल्याण्ड, जर्मनी, जापान, डेनमार्क लगायतका देशहरुबाट गैरआवासीय नेपालीहरुको सहभागिता रहेको थियो । परिषदले गैरआवासीय नेपाली र बैदेशिक लगानी आकर्षण गर्न दोहोरो कर छुटको ब्यबस्था गर्न आवश्यक रहेको जनाएको छ । नेपालले हालसम्म भारत, थाईल्याण्ड, पाकिस्तान, चीन, दक्षिण कोरिया, मरिसस, नर्वे, अस्ट्रिया ,कतार र श्रीलंका लगायत देशसँग मात्रै दोहोरो कर छुट संझौतामा हस्ताक्षर गरेको छ । धेरै नेपाली बसोबास गर्ने अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोप, बेलायत, जापान लगायतका देशहरुसँग दोहोरो कर छुट संझौता गर्न सरकारलाई अनुरोध गरेको छ ।