बैङ्कको ब्याजदरका विरोधमा व्यवसायी एकजुट हुँदै, उत्पादनमूलक उद्योगको ब्याजदर ७ प्रतिशत कायम गर्न माग

युवा उद्यमी प्रवलजंग पाण्डे ब्याजदर बढेका कारण उद्योग घाटामा जाने अवस्था आएको बताउछन् । क्यापिटल नेपालसंग कुरा गर्दै उद्यमी पाण्डेले भने “ब्याजदर बढेर उद्योग नोक्सानमा गएका छन् । नोक्सानमा गएका उद्योगलाई बैंकले कर्जा दिदैन । मारमा उद्योगी परेका छन् ।”

काठमाडौं। बैंकले लिने चर्को ब्याज अब थेग्न नसक्ने भन्दै उद्योगी एवम व्यवसायीले घटाउन माग गरेका छन् । उत्पादनमूलक उद्योगसँग ७ र व्यवसायीमूलक उद्योगसँग ९ प्रतिशतसम्म ब्याजदर कायम हुनुपर्ने माग उद्योगीको छ । ब्याजदर वृद्धिको विरुद्धमा उद्योगी व्यवसायी संगठित हुन थालेका छन् ।

नयाँ सामन्तीका रूपमा देखा परेका कुनै पनि बैंक घाटामा नरहेको यथार्थलाई नेपाल राष्ट्र बैंकले बुझ्नु जरुरी छ भन्दै उद्योगी तथा व्यापारीले मुलुकमा व्यापार घाटा कम गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र प्रशस्त रोजगारी सिर्जना गर्न उद्योग र व्यापार फस्टाउनु पर्नेमा उनीहरुको भनाई छ । चर्को ब्याजको विरुद्धमा उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घ संगठित भएका छन् ।

युवा उद्यमी प्रवलजंग पाण्डे ब्याजदर बढेका कारण उद्योग घाटामा जाने अवस्था आएको बताउछन् । क्यापिटल नेपालसंग कुरा गर्दै उद्यमी पाण्डेले भने “ब्याजदर बढेर उद्योग नोक्सानमा गएका छन् । नोक्सानमा गएका उद्योगलाई बैंकले कर्जा दिदैन । मारमा उद्योगी परेका छन् ।” कर्जा लिदा ७ प्रतिशत रहेको ब्याजदर अहिले बढेर १५ प्रतिशत पुगेको उनले जानकारी दिए ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले आर्थिक क्रान्तिबिना राजनीतिक क्रान्ति सफल नहुने भन्दै उद्योग र व्यापार क्षेत्रमा देखिएको समस्यालाई तत्काल सरकारले सम्बोधन गर्नुपर्ने बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार शारडाले स्वदेशी लगानी बढाउन र विदेशी पूँजी भित्र्याउन ब्याजदर कम हुनुपर्ने धारणा राखेका थिए ।

सङ्गठनका वरिष्ठ उपाध्यक्ष सुशेन प्याकुरेल र उद्योगी मोती दुगडले बैंकको गलत नीतिले उद्योग र व्यापार डुब्न लागेको छ भन्दै यसले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर देखा पर्ने निश्चित छ भने । हालको ब्याजदरले कुनै पनि उद्योग आर्थिक रुपमा संभाव्य नहुने, उत्पादन लागत बढेकाले प्रतिस्पर्धी क्षमता कमजोर हुने उनीहरुको भनाई छ । केन्द्रीय बैंकले आधार दर १ प्रतिशत घटेको बताइ रहदा बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा आधारदर औसत ११ प्रतिशत हारहारीमा छ ।

युवा उद्यमी प्रवलजंग पाण्डे ब्याजदर बढेका कारण उद्योग घाटामा जाने अवस्था आएको बताउछन् । क्यापिटल नेपालसंग कुरा गर्दै उद्यमी पाण्डेले भने “ब्याजदर बढेर उद्योग नोक्सानमा गएका छन् । नोक्सानमा गएका उद्योगलाई बैंकले कर्जा दिदैन । मारमा उद्योगी परेका छन् ।” कर्जा लिदा ७ प्रतिशत रहेको ब्याजदर अहिले बढेर १५ प्रतिशत पुगेको उनले जानकारी दिए ।

पछिल्ला ३ वर्षयता बैंकमा लगानीयोग्य पुँजीको अभाव बढ्दै गएपछि निक्षेपको ब्याजदर बढेर दुई अंक कटेको छ । निक्षेपको तुलनमा बैंकले कर्जा लगानी गरेपछि बजारमा क्रेडिट क्रञ्चको अवस्था आएको हो । राष्ट्र बैंकको पहलमा नेपाल बैंकर्स एसोसियसनले मुद्धति निक्षेपको ब्याजदर एक अंकमा झर्न दवाव दिएको थियो । हाल निक्षेपको ब्याजदर बढीमा ९.५ प्रतिशत छ ।

निक्षेप लागत बढ्दा बैंक तथा वित्तीय संस्थाको आधार दर ११ प्रतिशत हारहारीमा पुगकेो छ । आधार दर कम भएका बैंकको पनि बढ्दै गएको सार्वजनिक भएका ६ महिनाको वित्तीय विवरणले देखाएको छ ।