आन्दोलनमा उत्रिए चिकित्सक, देशभरिका अस्पताल ठप्प

चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औं पटक अनशनमा बसेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौं । नेपाल चिकित्सक सङ्घले देशभरिका अस्पतालमा आकस्मिकबाहेक सबै स्वास्थ्यसेवा ठप्प पारेको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औं पटक अनशनमा बसेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् ।

त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा आकस्मिकबाहेक बिहानैदेखि सबै सेवा बन्द गरिएको चिकित्सक सङ्घका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले बताए ।