बिहीबार साँझ बिराटनगरबाट काठमाडौं आउने क्रममा विश्वकर्माको झोलामा ३ राउन्ड गोली फेला परेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले बताए ।
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको माओवादी पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) का छोरा नरेन्द्र विश्वकर्मा बिराटनगर विमानस्थलबाट ३ राउन्ड गोलीसहित पक्राउ परेका छन् ।
बिहीबार साँझ बिराटनगरबाट काठमाडौं आउने क्रममा विश्वकर्माको झोलामा ३ राउन्ड गोली फेला परेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले बताए ।
बिराटनगरबाट यति एयरलाइन्सको जहाजबाट साँझ ५ः५५ को फ्लाइटमा काठमाडौं आउने बेला चेकिङमा विश्वकर्माको झोलाबाट उक्त गोली फेला परेको एसपी केसीले जानकारी दिए ।
गोलीसहित पक्राउ परेका विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।