आन्दोलनमा उत्रेका १७ डाक्टर प्रहरी नियन्त्रणमा

शिक्षण अस्पताल महाराजगन्जमा विरोध प्रदर्शन गरिरहेका चिकित्सकहरुलाई नियन्त्रणमा लिएर नगरप्रहरीमा राखिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले बताए ।

काठमाडौं । डाक्टर गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रेका १७ जना चिकित्सकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शिक्षण अस्पताल महाराजगन्जमा विरोध प्रदर्शन गरिरहेका चिकित्सकहरुलाई नियन्त्रणमा लिएर नगरप्रहरीमा राखिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले बताए ।

आकस्मिकबाहेकका सबै सेवा अवरुद्ध गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरुको जुलुस निषेधित क्षेत्र तोडी राष्ट्रपति कार्यालय शीतल निवासतर्फ बढ्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल चिकित्सक सङ्घको आह्वानमा देशभरका चिकित्सकहरुले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् ।