नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत कृषि उद्यम केन्द्र र प्रदेश ३ बीच सार्वजनिक–निजी–साझेदारी कार्यक्रम सञ्चालन गर्न समझदारीपत्रका हस्ताक्षर भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
प्रदेश सरकारसँग विभिन्न कार्यक्रममार्फत सार्वजनिक–निजी–साझेदारीको प्रारुपमा सहकार्य÷साझेदारी गर्न एक ‘सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५’ अनुरुप अघि बढ्ने जनाइएको छ ।
कृषि उद्यम केन्द्रले वार्षिक कार्यक्रम बजेट तर्जुमा गरी प्रदेश सरकारसमक्ष स्वीकृतिका लागि पेस गर्ने, स्वीकृति भइसकेका कार्यक्रमको हकमा आवश्यक कार्यविधि तयार गरी स्वीकृतिका लागि प्रदेश सरकारमै पेस गर्नेछ ।
प्रदेश सरकारबाट विनियोजित बजेट कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित निकायहरुमा समयमै निकासा पठाउनेलगायत बुँदामा समझदारी भएको हो । कार्यक्रम सार्वजनिक–निजी–साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५’ स्वीकृति भएपछि मात्रै लागू हुनेछ ।