६ महिनामा बागलुङ कालिकाको आम्दानी ५७ लाख

आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनामा ५७ लाख ८९ हजार ३ सय ५० रुपैयाँ आम्दानी सङ्कलन भएको हो । यस आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म आउँदा उक्त रकम सङ्कलन भएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए ।

प्रसिद्ध ऐतिहासिक बागलुङ कालिका भगवती मन्दिरले ६ महिनामा ५७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनामा ५७ लाख ८९ हजार ३ सय ५० रुपैयाँ आम्दानी सङ्कलन भएको हो । यस आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म आउँदा उक्त रकम सङ्कलन भएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए ।
‘भक्तजनले चढाएको भेटी, परेवा, अक्षता तथा पशुपन्छीका मुढ ९टाउको० बिक्रीबाट उक्त रकम सङ्कलन भएको हो,’ अध्यक्ष खड्काले भने, ‘हामीले व्यवस्थापकीय सुधार गर्दै गएका कारण धार्मिक पर्यटक दर्शन गर्न आउने सङ्ख्या बढेको छ ।’ अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा यो आम्दानी १० लाख ८५ हजार रुपैयाँ बढी हो ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा ४७ लाख चार हजार दुई सय ९७ रुपैयाँ सङ्कलन भएको थियो । मन्दिरबाट सङ्कलित रकम मन्दिरकै पूर्वाधार विकासका लागि खर्चिने गरेका खड्काले बताए । ‘यहाँबाट सङ्कलन भएको रकम यहीँको विकासका लागि लगाउँछौं,’ खड्काले भने, ‘विभिन्न व्यक्ति समुदाय र क्षेत्रबाट हुने सहयोगमा सङ्कलित रकम थपेर खर्च गर्ने गरेको छौं ।’