काठमाडौंबाट १२४ चोर पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले एक महिनाको अवधिमा काठमाडौंका विभिन्न स्थानबाट चोरीका सामग्रीसहित १२४ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १२४ जना चोर पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले एक महिनाको अवधिमा काठमाडौंका विभिन्न स्थानबाट चोरीका सामग्रीसहित १२४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका चोरलाई काठमाडौं प्रहरी परिसर र महाशाखाले शुक्रबार संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

प्रहरीले गएको पुस १५ गतेदेखि काठमाडौंमा अभियान नै सञ्चालन गरी चोर पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले बताए ।

काठमाडौंमा चोरीका घटना बढ्न थालेपछि महाशाखा र परिसर मिलेर चोरी नियन्त्रण अभियान चलाएको एसएसपी लामाले बताए । काठमाडौं प्रहरीले यसअघि पाकेटमार नियन्त्रण अभियान पनि चलाएको थियो ।