विद्युत् प्राधिकरणका उपप्रबन्धक चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

उपप्रबन्धक चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार २ करोड १४ लाखको मागदाबी गर्दै विशेषमा मुद्दा दायर गरेको हो ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उप–प्रबन्धक विजयकुमार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

उपप्रबन्धक चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार २ करोड १४ लाखको मागदाबी गर्दै विशेषमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ दफा १६‘ग’ तथा दफा २९ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम जरिवाना र कैद सजायको मागदाबीसहित चौधरीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले बताए ।