जग्गा नामसारी गर्न सार्वजनिक मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस खाने कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरको हो ।
काठमाडौं । जिल्ला मालपोत कार्यालय महोत्तरीका नासु ढकबहादुर कार्की घुससहित रङ्गेहात पक्राउ परेका छन् ।
जग्गा नामसारी गर्न सार्वजनिक मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस खाने कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरको हो ।
नासु कार्कीले सेवाग्राहीसँग १० हजार घुस लिएको अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले बताए ।
पक्राउ परेका नासु कार्कीलाई अख्तियारको हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ ।