गाउँमै आँखा शिविर

“गाउँमा पहिलो पटक निःशुल्क शिविर आयोजना भयो, गाउँमै उपचार पाइने भएपछि स्थानीयवासी खुशीसाथ उपचार गराएका छन्”, स्थानीयवासी देवानन्द जैसीले भने, ‘‘यहाँका मानिसले उपचार सेवा लिन टीकापुर या धनगढी जानुपर्ने बाध्यता छ ।” 

लम्की । स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा दिने उद्देश्यले कैलालीको लम्कीस्थित भुरुवामा निःशुल्क आँखा उपचार शिविर आयोजना भएको छ । शिविरमा एक दिनमै शनिबार एक हजार ५७५ ले सेवा लिएका छन् ।

“गाउँमा पहिलो पटक निःशुल्क शिविर आयोजना भयो, गाउँमै उपचार पाइने भएपछि स्थानीयवासी खुशीसाथ उपचार गराएका छन्”, स्थानीयवासी देवानन्द जैसीले भने, ‘‘यहाँका मानिसले उपचार सेवा लिन टीकापुर या धनगढी जानुपर्ने बाध्यता छ ।”

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लम्की र च्यारिटी अफ हेल्थ सोसाइटीको आयोजना तथा धनगढी नेत्रालयको प्रविधिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो । “स्थानीयवासीको समस्यालाई ध्यानमा राखेर आँखा शिविर गर्ने निर्णय लियौँ, एक हजार ५७५ ले निःशुल्क उपचार सेवा लिए”, किसान सहकारी संस्था लम्कीका महाप्रबन्धक डम्बर शाहले भने, “उपचार सेवा लिनेमा ९४५ महिला र ६३० पुरुष छन् ।”

शिविरमा उपचार गराएकामध्ये २६२ लाई आँखाको मोतियाबिन्दु र मासु पलाएको भेटिएकाले थप उपचारका लागि निःशुल्क शल्यक्रिया गर्न धनगढी सिफारिश गरिएको छ । शिविरमा आँखा जाँच गर्न आएका ५९० लाई निःशुल्क चश्मासमेत वितरण गरिएको थियो । तस्बिरः बालाराम खड्का तुलसीपुर/रासस