टी–२० अन्तर्राष्ट्रिय सिरिज : वर्षाले खेल प्रभावित

दुबईस्थित आइसीसी एकेडेमी मैदानमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुने तय भए पनि निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल सुरु हुन सकेको छैन ।

काठमाडौँ । नेपाल र यूएईबीच आज तय भएको तेस्रो तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय सिरिज वर्षाका कारण अहिलेसम्म खेल सुरु हुन सकेको छैन ।

दुबईस्थित आइसीसी एकेडेमी मैदानमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुने तय भए पनि निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल सुरु हुन सकेको छैन । तीन खेलको उक्त सिरिज दुवै टोलीले एक–एक खेल जितेका छन् । वर्षाका कारण खेल रद्द भए सिरिज बराबरीमा टुङ्गिने छ ।

यूएईको तीन एक दिवसीय र तीन टी–२० सिरिजका लागि यूएई पुगेको नेपाली टोलीले इतिहास कायम गर्दै एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । टी–२० सिरिज भने १–१ को बराबरीमा छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरिज बराबरी बनाएको थियो । रासस