कैलाश हेलिकप्टरमै जन्मियो शिशु

हेलिकप्टर उडिरहेका बेला सोलुखुम्बुका कञ्चन तामाङकी श्रीमती नोर्साङ डोमा शेर्पाले बच्चा जन्माएकी हुन् ।

काठमाडौ ः सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको कैलाश हेलिकप्टरमा एक शिशुको जन्म भएको छ । हेलिकप्टर उडिरहेका बेला सोलुखुम्बुका कञ्चन तामाङकी श्रीमती नोर्साङ डोमा शेर्पाले बच्चा जन्माएकी हुन् ।

सुत्केरी आमा र बच्चालाई हाल भक्तपुरको अस्पतालमा राखिएको छ । हेलिकप्टर क्याप्टेन आशिष शेरचनले उडाएका थिए । हेलिकप्टरमा बच्चा जन्मिएपछि कम्पनीले बच्चाको उज्ज्वल भविष्यको कामना गरेको छ ।