सरकारले गत आर्थिक वर्षको बजेट भाषणबाट डिजेल, पेट्रोल, हवाई इन्धनमा प्रतिलिटर ५–५ रुपैयाँ पूर्वाधार विकास कर लिने निर्णय गरेसँगै पाँच रुपैयाँ जोडेर बिक्री गर्दै आएको छ । त्यसैगरी सडक मर्मत शुल्कमा १ अर्ब ६३ करोड, वातावरण खर्चको लागि ३१ करोड, मूल्य अभिवृद्धि करमा ६ अर्ब ९ करोड रुपैयाँ तिरेको निगमले जनाएको छ ।
नेपाल आयल निगमले इन्धन कारोबार गरे बापत सरकारलाई पौने १६ अर्ब रुपैयाँ राजस्व कर बुझाएको छ । इन्डियन आयल कर्पोरेसनबाट इन्धन ल्याएर नेपालमा बिक्री गर्दै आएको सरकारी स्वामित्वको निगमले विभिन्न कर तथा शुल्क बापत उक्त रकम बुझाएको हो ।
निगमले डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, खाना पकाउने ग्यास आयात गर्दा भन्सारमानै उक्त रकम तिर्ने गरेको छ । निगमले पछिल्लो पटक र्साजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको नोभेम्बर(मंसिर १५सम्म) बुढीगण्डकी विद्युत परियोजना निर्माणको लागि मात्र तीन अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको छ ।
सरकारले गत आर्थिक वर्षको बजेट भाषणबाट डिजेल, पेट्रोल, हवाई इन्धनमा प्रतिलिटर ५–५ रुपैयाँ पूर्वाधार विकास कर लिने निर्णय गरेसँगै पाँच रुपैयाँ जोडेर बिक्री गर्दै आएको छ । त्यसैगरी सडक मर्मत शुल्कमा १ अर्ब ६३ करोड, वातावरण खर्चको लागि ३१ करोड, मूल्य अभिवृद्धि करमा ६ अर्ब ९ करोड रुपैयाँ तिरेको निगमले जनाएको छ ।
निगमले सडक मर्मतसंहार कर भनेर पेट्रोल, डिजेल, हवाई इन्धनमामा प्रतिलिटर ५ रुपैयाँ लिँदै आएको छ । त्यसैगरी मूल्य अभिवृद्धि कर पेट्रोलमा प्रति लिटर ११ रुपैयाँ ८५ पैसा, डिजेलमा ९ रुपैयाँ ३२ पैसा, हवाई इन्धन आन्तरिकतर्फ १० रुपैयाँ ३५ पैसा, खाना पकाउने ग्यासमा प्रति सिलिन्डर १ सय ५४ रुपैयाँ ५० पैसा लिइन्छ । विभिन्न शीर्षकमा करमा कर राजस्वको रकम नेपाल सरकारका विभिन्न खातामा जम्मा हुने निगमले जनाएको छ ।निगमले भारतबाट सस्तोमा इन्धन ल्याए पनि विभिन्न शीर्षकमा कर तिर्दा महंगो पर्ने गरेको छ । आयओसीबाट आएको मूल्य सूचीमा विभिन्न कर र प्रशासनीक खर्च जोडेर मूल्य निर्धारण गर्दै आएको छ ।
निगमले पछिल्लो पटक माघ ३ गते मूल्य बढाएको थियो । अहिले पेट्रोलको मूल्य बढेर प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेल ८१ रुपैयाँमा बिक्री गरिरहेको छ । ग्यास सिलिन्डर १३ सय ७५ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ र अन्तर्राष्ट्रिय प्रति केएलको ९ सय डलरमा बिक्री भैरहेको छ । निगमलाई अहिले मासिक ३८ करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।