आयल निगम सञ्चालक समितिको अध्यक्षको हैसियतमा जग्गा खरिदमा सैद्धान्तिक सहमति दिएका राई सहितका सञ्चालक समितिका पदाधिकारीलाई आयोगले बोलाएको हो ।
नेपाल आयल निगमको इन्धन भण्डारण जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईलाई पनि बयानको लागि आज बोलाएको छ ।
आयल निगम सञ्चालक समितिको अध्यक्षको हैसियतमा जग्गा खरिदमा सैद्धान्तिक सहमति दिएका राई सहितका सञ्चालक समितिका पदाधिकारीलाई आयोगले बोलाएको हो ।
सचिव राई अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन् । आयोगले निगमका कार्यकारी निर्देशक गोपाल खड्काको मङ्गलबारबाट बयान लिन सुरु गरेको छ । पहिलो दिन नसकिएपछि खड्कालाई बुधबार पनि बयानका लागि बोलाएको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले बताए । चितवन, भैरहवा, झापा, सर्लाहीको जग्गा खरिद अनियमिततामा करिब तीन सय जनासँग बयान लिएको आयोगले जनाएको छ ।