रामेश्वर साह र उनकी श्रीमति मीनादेवी साहका साथै पक्राउ परेका विजय यादव, मोख्तर अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पु दाशले आपसी मिलेमतोमा ह्वाट्स एप्सको माध्यमबाट सांकेतिक शब्द र चिन्ह प्रयोग गरी मिलेमतोमा हुण्डी कारोबार गरेको पाइएको अनुसन्धन विभागको दावी छ ।
काठमाडौं । राजश्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन र हुण्डी कारोबार गर्ने ८ जनालाई धनुषा जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । उनीहरुले ४ अर्ब १६ करोड ३३ लाख ३१ हजार रुपैयाँ विगो सहित हदैसम्मको सजाय र ३ वर्ष कैद माग गरेको छ । यस्तै उनीहरुबाट वरामद भएको ८३ लाख ६९ हजार २५० रुपैयाँ र ६ हजार ५०० भारु वरामद गर्न माग गरिएको छ ।
रामेश्वर साह र उनकी श्रीमति मीनादेवी साहका साथै पक्राउ परेका विजय यादव, मोख्तर अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पु दाशले आपसी मिलेमतोमा ह्वाट्स एप्सको माध्यमबाट सांकेतिक शब्द र चिन्ह प्रयोग गरी मिलेमतोमा हुण्डी कारोबार गरेको पाइएको अनुसन्धन विभागको दावी छ ।
उनीहरुले गरेको अन्तरदेशिय हुण्डी कारोबारको विवरण खातावही र भौचरबाट प्रमाणित भएको विभागले जानकारी दिएको छ । उनीहरुले ४ अर्ब १६ करोड ३३ लाख रुपैयाँ बराबरको अन्तरदेशिय हुण्डी कारोबार गरेको ठहर विभागले गरेको हो । अवैध रुपमा विदेशी विनिमय हुण्डी कारोबारबाट आर्जन गरेको ८३ लाख ६९ हजार २५० रुपैयाँ र ६ हजार ५०० भारु जफत गर्न माग गरेको छ ।