कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार

सोमबार नेपाली कांग्रेसले जनकपुरमा निकालेको विरोध कार्यक्रममा सहभागी भई घर फिर्ता हुदै गरेका कापरमाथि अज्ञात समुहले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

काठमाडौं । जनकपुरमा विरोध कार्यक्रमबाट घर फर्कदै गरेका कांग्रेस कार्यकर्ता धनुषा सबैला नगरपालिका १० खरिहानीका उमेश कापरमाथि सोमबार साँझ अज्ञात समुहले खुकुरी प्रहार गरेको छ ।

अज्ञात समुहको खुकुुरी प्रहारबाट कापर गम्भीर घाईते भएका छन् । सोमबार नेपाली कांग्रेसले जनकपुरमा निकालेको विरोध कार्यक्रममा सहभागी भई घर फिर्ता हुदै गरेका कापरमाथि अज्ञात समुहले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाईते भएका कापरकोे स्थानीय अस्पतालमा उपचार भईरहेको र खुकुरी प्रहार गर्ने समुहको पहिचानगरी खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।