जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन कार्यकारी निर्देशक सुर्यदेव साह ६ लाख धरौटीमा छुटे

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले मंगलबार साहलाई ६ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

काठमाडौं । जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन कार्यकारी निर्देशक सुर्यदेव साह ६ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
साह लगाएतका पधादीकारीले भष्ट्राचार गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी लगाएत १० जना विरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले मंगलबार साहलाई ६ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदबाट रंगभूमि मैदान, गंगासागर र तिरहुतीया गाछी संरक्षणलगायतका विभिन्न आठवटा ठेक्कामा भ्रष्टाचार भएको भन्दै तत्कालीन कार्यकारी निर्देशक, प्रोजेक्ट इन्जिनियर र ठेकेदारका दुई जना प्रतिनिधि विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आयोगले उनीहरुले ७६ लाख २८ हजार ५०२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उनीहरु विरुद्द मुद्धा दायर गरेको थियो । उनीहरुलाई बिगोबमोजिमको जरिवाना र भ्रष्टाचार निवारण ऐनअनुसार हदैसम्मको सजायको माग गर्दै मुद्दा दायर गरेको थियो ।