चालू आर्थिक वर्ष २०७४/७५ को ५ महिनाको तथ्याङ्क हेर्दा चीनमा सबैभन्दा बढी चिया निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा ६०.२ प्रतिशतले कमी रहेकोमा आर्थिक वर्ष २०७४/७५ मा ह्वात्तै बढेर ६ सय २ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७३/७४ मा ३० लाखको चिया निर्यात भएकोमा २०७४/७५ मा २ करोड ११ लाख रुपैयाँको चिया निर्यात भएको छ ।
पछिल्ला केही वर्षमा उत्तरी छिमेकी मुलुक चीनतर्फको निर्यात व्यापार निरन्तर बढ्दो क्रममा छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गर्ने देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनअनुसार चीन निर्यात हुने अधिकांश वस्तुहरुको मात्रा बढ्दै गएको देखिएको छ ।
चालू आर्थिक वर्ष २०७४/७५ को ५ महिनाको तथ्याङ्क हेर्दा चीनमा सबैभन्दा बढी चिया निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा ६०.२ प्रतिशतले कमी रहेकोमा आर्थिक वर्ष २०७४/७५ मा ह्वात्तै बढेर ६ सय २ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७३/७४ मा ३० लाखको चिया निर्यात भएकोमा २०७४/७५ मा २ करोड ११ लाख रुपैयाँको चिया निर्यात भएको छ ।
आर्थिक वर्ष २०७२/७३ को तुलनामा २०७३/७४ निर्यातमा कमी भएको देखिन्छ । आर्थिक वर्ष २०७२/७३ मा ७६ लाखको चिया निर्यात भएको थियो । चीनमा हुने निर्यातमा दोस्रो स्थान गहुँको पीठोले लिएको छ । आर्थिक वर्ष २०७३/०७४ मा शून्य रहेको पीठो निर्यात आर्थिक वर्ष २०७४/७५ मा एकै चोटि बढेर ३३.८ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७४/७५ मा आइपुग्दा ३ करोड ३८ लाखबराबरको पीठो निर्यात भएको छ । त्यसैगरी चाउचाउ, हस्तकलाका सामग्री, उलन कार्पेट र पस्मिनाको निर्यात पनि बढेको छ । आर्थिक वर्ष २०७२/०७३ मा शून्य निर्यात रहेको चाउचाउ आर्थिक वर्ष २०७४/७५ आइपुग्दा ३ सय ११ प्रतिशत (अर्थात् २ करोड ९ लाख) रुपैयाँबराबरको भएको छ । त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा उलन कार्पेट १८ दशमलव २ प्रतिशत निर्यात भएको छ ।
आर्थिक वर्ष २०७३/२०७४ मा १९ प्रतिशतले निर्यात घटेको कार्पेट आर्थिक वर्ष २०७४/०७५ मा आइपुग्दा २८ दशमलव ४ प्रतिशतले बढेको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै अगरबत्ती निर्यातमा पनि वृद्धि भएको छ । चीन निर्यात नभएका केही वस्तुमा तरकारी, जडिबुटी औषधि, आल्मुनियम, नेपाली कागज, म्युजिकल पार्ट तथा औजार र रुद्राक्ष हुन् । हस्तकलाका सामग्री, छालाजन्य र रेडिमेड गार्मेन्टका उत्पादनहरुको निर्यात तुलनात्मक रुपमा घटेको तथ्याङ्कले देखाउँछ ।
नेपालका लागि चीन ठूलो बजार भएको र नेपालीहरुको बसोवास पनि धेरै हुन थालेकाले चीनतर्फ निर्यात बढेको अर्थविद् डा. शङ्कर शर्माले बताए । चीनतिर निर्यात बढ्नु नेपालका लागि सुखद कुरा भएको शर्माको भनाइ छ ।