वादी समुदायको आत्मसम्मानमा ठोस पुग्ने शब्दहरू प्रयोग गरेर चरित्र हत्या गरेको दाबी गर्दै नेपालीले क्षतिपूर्तिसहित कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता गरेकी हुन् ।
काठमाडौं । नथिया उपन्यासमा वादी समुदायको आत्मसम्मानमा ठोस पुग्ने खालका शब्द प्रयोग गरेर चरित्र हत्या गरेको भन्दै दाङकी रञ्जिता नेपालीले लेखिका र उपन्यास प्रकाशक बुक हिलविरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएकी छन् ।
वादी समुदायको आत्मसम्मानमा ठोस पुग्ने शब्दहरू प्रयोग गरेर चरित्र हत्या गरेको दाबी गर्दै नेपालीले क्षतिपूर्तिसहित कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता गरेकी हुन् ।
नेपालीले प्रहरीमा दिएको उजुरीमा वादी समुदायलाई प्रत्यक्ष ठेस तथा लान्छना लाग्ने एवम् भेदभाव गर्ने शब्दहरूको प्रयोग भएको र समग्र समुदायलाई प्रतिकूल असर हुने खालका बदेनी, रन्डी, वेश्या, रखेलजस्ता शब्द तथा प्रतिक्रिया उपन्यासमा प्रयोग भएको उल्लेख गरिएको छ ।
उपन्यासको ‘नथिया’ शीर्षक नै गलत अर्थ लगाई परिभाषित जातीय विभेदलाई संस्थागत गरेको समेत उजुरीमा उल्लेख गरिएको छ ।