१० प्रतिशत शुल्क हटेपछि मजदुरले रेवान पोखरा कार्यालयमा लगाए ताला

रेवानले गरेको निर्णय तत्काल खारेज गर्नुपर्ने भन्दै मजदुरहरुले रेवान पोखरा कार्यालयमा तालाबन्दी गरेका छन् ।

काठमाडौं । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल(रेवान) ले उपभोक्ताबाट लिदैं आएको १० प्रतिशत सेवाशुल्क हटाएपछि पोखराका मजदुरहरु आन्दोलित भएको छन् ।

रेवानले गरेको निर्णय तत्काल खारेज गर्नुपर्ने भन्दै मजदुरहरुले रेवान पोखरा कार्यालयमा तालाबन्दी गरेका छन् ।

मजदुरहरुले सरकारले दिँदै आएको सेवाशुल्क हटाउन नहुने भन्दै तत्काल निर्णय खारेजीको माग गरेका हुन् ।