युवतीलाई जबरजस्ती करणी गर्ने २ जना पक्राउ

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २४ रामगढवाका ४० वर्षीय मतलुब मियाँ र सोही ठाँउका ३२ वर्षीय सम्सोदिन अन्सारी छन् ।

काठमाडौं । पर्साको वीरगञ्जमा १९ वर्षिया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २४ रामगढवाका ४० वर्षीय मतलुब मियाँ र सोही ठाँउका ३२ वर्षीय सम्सोदिन अन्सारी छन् ।

गत माघ १७ गते बेलुका किशोरी घर बाहिर खेतमा निस्केका बेला अन्सारी र मियाँले जबरजस्ती करणी गरेको पीडित युवतीका आफन्तले प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

पक्राउ परेका दुवै जनालाई जबरजस्ती करणी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।