रेन्जर खत्री, फरेस्टरद्वय बहादुर केसी, केशवबहादुर वली र वन रक्षक हरिकुमार चन्दलाई बुधबार सुर्खेत रोडबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले बताए ।
काठमाडौं : नेपालगन्ज सबडिभिजन वन कार्यालय, राँझाका रेन्जर जगवीर खत्रीसहित ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।
निजी जग्गामा लगाइएका विभिन्न जातका गोलिया काठटाँचा लगाई छुट पुर्जी दिँदा सेवाग्राहीसँग १० हजार घुस खाएको भेटिएपछि अख्तियारको टोलीले रेन्जर खत्री, फरेस्टरद्वय बहादुर केसी, केशवबहादुर वली र वन रक्षक हरिकुमार चन्दलाई बुधबार सुर्खेत रोडबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले बताए ।