१० हजार घुस लिने रेन्जर सहित ४ जना अख्तियारको फन्दामा

काठमाडौं । सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस खाने नेपालगञ्ज वन कार्यलय, राँझाका रेन्जर जगविर खत्री सहित ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

निजी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठहरू टाँचा लगाई छुटपुर्जी दिदा सेवा ग्राहीसँग १० हजार घुससहित अख्तियारको टोलीले रेन्जर खत्री, फरेष्टरद्वय बहादुर केसी, केशवबहादुर वली र वन रक्षक हरीकुमार चन्दलाई बुधबार सुर्खेत रोडबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगादले बताए ।