महासङ्घको एक टोलीले आज सडक विभागका महानिर्देशक गोपाल सिग्देललाई भेटेर काम गरेको बजेट निकासा नभएका कारण व्यवसायीहरु ठूलो आर्थिक मारमा परेको भन्दै समस्या समाधानका लागि ठोस पहल गरिदिन आग्रह गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घले सडक विभागअन्तर्गत निर्माण सम्पन्न भएका कामको बजेट चाँडो निकासा गर्ने वातावरण मिलाउन आग्रह गरेको छ ।
महासङ्घको एक टोलीले आज सडक विभागका महानिर्देशक गोपाल सिग्देललाई भेटेर काम गरेको बजेट निकासा नभएका कारण व्यवसायीहरु ठूलो आर्थिक मारमा परेको भन्दै समस्या समाधानका लागि ठोस पहल गरिदिन आग्रह गरेको छ ।
व्यवसायीले पाउनुपर्ने झण्डै र३० अर्ब रूपैयाँ रकम विभागबाट भुक्तानी नभएको भन्दै महासङ्घले भुक्तानीको व्यवस्थाका लागि पहल गने महानिर्देशक सिग्देललाई आग्रह गरेको हो । महासङ्घले नुवाकोट डिभिजन सडक कार्यालयबाट झण्डै ५४ करोड, काठमाडौँ महानगरपालिकाअन्तर्गत विस्तारित सडक निर्माणवापत झण्डै ७५ करोड रूपैयाँ लिन बाँकी रहेको जनाएको छ ।
भेटपछि विभागका महानिर्देशक सिग्देलले रकम दिलाउनका लागि आफूले सम्बन्धित पक्षसँग छलफल गरिरहेको र चाँडो दिलाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सिग्देलको भनाइ उद्धृत गर्दै भेटमा सहभागी महासङ्घका महासचिव रामशरण देउजाले जानकारी दिए ।