काठमाडौंको गोगंबुबाट डेढ लाख नक्कली रुपैया बरामद ।

काठमाडौं । प्रहरीले काठमाडौँको गोगंबुमा ठुलो परिमाणमा नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कको टोलीले शनिवार राति नक्कली नोट सहित पोमबहादुर कुँवरलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।

विशेष सुचनाको आधारमा शनिबार राति प्रहरीले कुँवरको कोठामा छापामार्दा एक हजार दरका १५२ ओटा नोट फेला परेको एसएपी लामाले बताए ।नक्कली नोटको कारोबार गर्ने कुँवरका साथी हिक्मत मियाँ भने फरार भएका छन् । फरार मियाँको खोजी भईरहेको प्रहरीले जनाएको छ ।