प्रहरी प्रधान कायालयले शनिबार निकालेको बढुवामा छुटेपछि एसपी उप्रेतीले असुन्ष्टी जनाउदै आईतबार प्रहरी मुख्यालयमा राजिनामा बुझाएका हुन् ।
काठमाडौं । बढुवामा नपरेको भन्दै नेपाल प्रहरीका एसपी नरेन्द्र उप्रेतीले प्रहरी सेवाबाट राजिनामा दिएका छन् । प्रहरी प्रधान कायालयले शनिबार निकालेको बढुवामा छुटेपछि एसपी उप्रेतीले असुन्ष्टी जनाउदै आईतबार प्रहरी मुख्यालयमा राजिनामा बुझाएका हुन् ।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले शनिवार १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो ।
एसपी सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्याम ज्ञावली लगाएत १४ जनालाई बढुवा सिफारीत गरिएको थियो । त्यसमा आफु नपरेपछि एसपी उप्रेतीले राजिनामा दिएका हुन् ।