१५ हजार घुस सहित विद्युत प्राधिकरणका नासु महेन्द्र प्रधान पक्राउ

काठमाडौ । ग्राहकबाट घुस लिदालिदै नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रका सुपरभाइजर (नासु) महेन्द्र प्रधानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

नयाँ ग्राहक शाखाको लागि मिटर जडान गर्न भन्दै सुपरभाइजर प्रधानले १५ हजार रुपैयाँ घुस लिएका थिए । अख्तियारले प्रधानलाई १५ हजार रुपैया घुस सहित पक्राउ गरेको हो ।