चौधरीले सोमवार दिउँसो घोराही उप(महानगरपालिका १४ कपासीमा डेरा गरी बस्ने अस्मिता शाहीको छोरी अपहरण गरेको खबर प्रहरीले पाएको थियो।
काठमाडौं । प्रहरीले तीन वर्षीय बालिका अपहरण गर्ने एक जनलाई पक्राउ गरेको छ। प्रहरीले अपहरणको अभियोगमा सोमबार दिउँसो घोराही उपमहानगरपालिका ९ ढिकपुर बस्ने २८ वर्षीय प्रयास चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए।
चौधरीले सोमवार दिउँसो घोराही उप(महानगरपालिका १४ कपासीमा डेरा गरी बस्ने अस्मिता शाहीको छोरी अपहरण गरेको खबर प्रहरीले पाएको थियो।
चौधरीले अपहरण गरी फरार रहेको जानकारी पाएपछि जिल्लाका सम्पूर्ण नाकाहरूमा सुरक्षा टोली पहिचान गरी खोजतलास गर्दा रतनपुर चोकबाट बालिकालाई सकुशल उद्धार गरिएको डिएसपी मगरले बताए।चौधरीलाई अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।