अर्थमन्त्री भन्छन्— पूर्वाधार विकासमा सरकार आक्रामक  रुपमा लागेको छ

म्यानेजमेन्ट एसोसिएसन अफ नेपालको ३८औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले सरकारले सडक, रेल, जललगायत पूर्वाधार विकासमा जोड दिएको बताए ।

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार विकासबिना आर्थिक वृद्धि सम्भव नहुने भएपछि सरकारले पूर्वाधार विकासमा आक्रामक भएर लागेको बताएका छन् ।

म्यानेजमेन्ट एसोसिएसन अफ नेपालको ३८औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले सरकारले सडक, रेल, जललगायत पूर्वाधार विकासमा जोड दिएको बताए ।

कृषि पूर्वाधार, पर्यटन पूर्वाधार, खानेपानी पूर्वाधार, स्थास्थ्य पूर्वाधार, शिक्षा पूर्वाधारलगायत धेरै पूर्वाधार निर्माणमा सरकार जुटेको छ । पूर्वाधारको विकास नभई देशले सोचेअनुसार आर्थिक वृद्धि हासिल गर्न नसकेको उनको भनाइ छ ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले निजीक्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ । ‘आर्थिक वृद्धिका लागि निजीक्षेत्रसँग सहकार्य गर्न जरुरी छ,’ उनले भने, ‘सरकार, निजीक्षेत्र मिलेर मात्रै सरकारले लिएको लक्ष्य पूरा हुन्छ ।’